जिभिएनका बिद्यार्थीले गरे ‘ब्लड टेष्ट’ (हेर्नुस् भिडियो )


नेपालगन्ज । जिभिएन स्कुल नेपालगन्जका कक्षा दशका विद्यार्थीले बुधवार  ब्लड ग्रुप टेष्टिङ क्याम्पेनिङ कार्यक्रम आयोजना गरेका छन् ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी र विद्यार्थीको सहभागिता थियाे । विद्यार्थीले सहारा प्याथलाेजीको सहकार्यमा सुरक्षा अपनाएर ब्लड ग्रुप पहिचान गरेका थिए ।

विद्यार्थीकाे याे कार्यकाे प्रिन्सिपल मानबहादुर थापाले प्रशंसा गरेका थिए । बिज्ञान संकायका शिक्षक चिन्तक कार्कीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको ज्ञान बढ्ने बताए । विद्यालयका इन्चार्ज अभि खनालले सहभागी विद्यार्थी,शिक्षक सबैलाई धन्यवाद दिए ।

प्रकाशित मितिः     १७ पुष २०८१, बुधबार १४:२५  |