क्यान बाँकेका अध्यक्ष यज्ञ राज जोशीको अध्यक्षतामा तथा क्यान महासंघका पदाधिकारी, सदस्यहरू, र आमन्त्रित अतिथिहरूको उपस्थितिमा सम्पन्न बैठकले संस्थाको आगामी २०८१-८२ को लागि विभिन्न समिति र उपसमिति गठन गर्ने निर्णय गरिएको छ।
बैठकमा संस्थाको आगामी वार्षिक गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभिन्न २२ वट उपसमिति गठन गरिएको छ। यी समितिहरूले संस्थाको विविध गतिविधिहरूलाई योजनाबद्ध तरिकाले कार्यान्वयन गर्ने क्यान बाँकेका सचिव रमेश बिसीले बताएका छन् ।
बैठकले थिंक ट्याङ्क समिति गठन गरेको छ जसको
संयोजकमा ईस्वर प्रसाद पौडेल, ई-गभर्नेन्स समिति जसको संयोजक रमेश क्षेत्री तोकिएका छन् भने आईसीटी शिक्षा, सीप र तालिम समितिको संयोजकमा अंकित श्रीवास्तब तोकिएका छन् ।
त्यस्तै कोष व्यवस्थापन समितिको संयोजकमा रेमन्त बहादुर खत्री, सदस्यता विस्तार समितिको संयोजकमा ओस्कर थापा गाहा, जिल्ला सामाजिक क्रियाकलाप समितिको संयोजकमा उत्तम क्षेत्री, साइबर सुरक्षा र साइबर कानुन समितिको संयोजकमा ब्रह्मराज जोशी , महिला आईसीटी समितिको संयोजकमा जीता कुमारी रावत, ई-स्वास्थ्य/शिक्षा समितिको संयोजकमा महेश चौधरी, कार्यक्रम तथा आयोजन विकास समितिको संयोजकमा शिशिर नारायण श्रेष्ठ तोक्केका छन् ।
त्यस्तै बैठकले युवाहरूको सशक्तिकरणका समितिको
संयोजकमा निशान्त शाक्य, मिडिया कभरेज र समन्वय समितिको संयोजकमा रमेश क्षेत्री, खेलकुद र मनोरञ्जन समितिको संयोजकमा आनन्द सोनी, नेटवर्क तथ सुरक्षा समितिको संयोजकमा बिष्णु प्रसाद कड़ेल, आईसीटी हार्डवेयर समितिको संयोजकमा खेम ओली, डिजिटल मुद्रण र प्रेस समितिको संयोजकमा अमर बहादुर महतारा, प्राविधिक समन्वय समितिको संयोजकमा दीपक कुमार खडका, संस्था समन्वय समितिको संयोजकमा अंकित श्रीवास्तव, अनुसन्धान र विकास समितिको संयोजकमा चतुर्भूज भट्ट, सफ्टवेयर र डिजिटल रूपान्तरण समितिको संयोजकमा रमेश क्षेत्री , आईसीटी स्टार्टअप र नवप्रवर्तन समितिको संयोजकमा उमेश शर्मा र नेटवर्क र इन्टरनेट सेवा प्रदायक समितिको संयोजकमा भानुभक्त रेग्मी तोकिएका छन ।
त्यस्तै बैठकले आफ्नो वार्षिक कार्ययोजना समेत पारित गरेको छ । क्यान बाँकेले आगामी वर्षका लागि २७ बुँदामा आधारित वार्षिक कार्ययोजना पारित गरेको सचिव रमेश क्षेत्रीले जनाएका छन्। जसमा डिजिटल साक्षरताका कार्यक्रम, तालिम तथा कार्यशाला, व्यवसायिक सम्मेलन, ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तार, र सदस्यता विस्तार जस्ता विषयहरू प्राथमिकतामा राखिएको छ।
क्यान बाँकेको सम्पन्न बैठकमा प्रमुख अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष भोजराज तिमिल्सेना, बिशिष्ठ अतिथि पूर्व अध्यक्ष रमणी प्रसाद शर्मा, क्यान बाँकेका अध्यक्ष यज्ञ राज जोशी, निवर्तमान अध्यक्ष श्री शिशिर नारायण श्रेष्ठ, उपाध्यक्ष ओस्कर थापा गाहा, सचिव श्री रमेश क्षेत्री, सहसाचिब बिष्णु प्रसाद कंडेल, कोषाध्यक्ष रेमन्त बहादुर खत्री, सदस्य हरु निशान्त कुमार शाक्य, दिनानथ सोनी, उत्तम बहादुर क्षेत्री, अमर महतारा, अंकित श्रीवास्तव, खेम ओली लगायतका सदस्यहरूको सक्रिय उपस्थिति थियो।
साथै, उक्त कार्यक्रममा क्यान सूचना प्रविधि पर्दशनी क्यान इन्फोटेक २०२५ (CAN INFOTECH 2025) संचालन र व्यवस्थापनका गर्न विषयमा निर्णय गरिएको क्यान महासंघ बाँकेका सचिब रमेश क्षेत्री ले जानकारी दिएका छन् ।
क्यान बाँकेको बैठकले पारित गरेको वार्षिक कार्ययोजना यस्तो रहेको छ ।
- क्यान कार्यालय व्यवस्थापन
- तालिम र कार्यशाला (Training and Workshop)
- व्यवसायिक सम्मेलन (Business Summit)
- डिजिटल सम्मेलन (Digital Summit)
- छात्रवृत्ति कार्यक्रम (Scholarship Program)
- विकासका लागी डिजिटल रूपान्तरणका (Digital Transformation For Development)
- जनचेतना कार्यक्रम (Awareness Program)
- ICT क्लब स्थापना (ICT Club)
- सदस्यता विस्तार (Membership Extension)
- डिजिटल मार्केटिङ र वेबमा ICT को सम्भावनाहरू Digital Marketing and ICT in Web
- वनभोज कार्यक्रम (Picnic Program)
- आइडिया पिच प्रतियोगिता (Idea Pitch)
- अनलाइन प्रतियोगिता (Online Competitions)
- वार्षिक डिजिटल पत्रिका प्रकाशन (Annual Digital Magazine Publication)
- कम्प्युटर सुधार शिविर (Computer Repair Camp)
- IT करियर परामर्श कार्यक्रम (IT Career Counseling Program)
- युवा नवप्रवर्तन पुरस्कार (Youth Innovation Award)
- प्राविधिक प्रदर्शनी (Tech Exhibition)
- स्थानीय सरकारसँग सहकार्य (Collaboration with Local Government)
- ग्रामीण क्षेत्रमा डिजिटल साक्षरता अभियान (Digital Literacy Campaign in Rural Areas)
- साइबर अपराध न्यूनीकरण अभियान (Cyber Crime Awareness Campaign)
- महिला सशक्तिकरण ICT कार्यक्रम (Women Empowerment through ICT)
- सेमिनार र प्राविधिक छलफल (Seminars and Technical Discussions)
- वार्षिक उत्कृष्टता अवार्ड (Annual Excellence Award)
- ग्रामीण विद्यालय कम्प्युटर शिक्षा (Computer Education in Rural Schools)
- प्राविधिक समस्या समाधान हेल्पडेस्क (Technical Support Helpdesk)
- महिला र युवा सशक्तिकरण कार्यक्रम (Women and Youth Empowerment Programs