नेपालगन्ज । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे ।
‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम गर्ने छ । निर्वाचन मुख्य प्राथमिकता त हाे नै तरपनि संधैभरि पार्टी जीवनलाई जीवन्त बनाइराख्न लागिपरेका छाैं ।’ अध्यक्ष गुरुङले पार्टी गतिविधि जनस्तरमा क्रियाशिल बनाउन सबै कमिटीलाई निर्देशन दिएको बताउनुभयाे ।
टाेल कमिटी गठनकै अभियान अन्तरगत शनिबार बिहानै नेकपा एमाले राप्तीसोनारी गाउँपालिका वडा न. ७ का विभिन्न टोल कमिटी गठन भएको छ । केन्द्रीय सदस्य तथा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य सुर्य ढकाल,अध्यक्ष गुरुङ सहितका नेताकाे उपस्थितिमा विभिन्न टाेल कमिटी गठन भएको हाे ।
कार्यक्रम बाेल्दै प्रतिनिधिसभा सदस्य ढकालले टाेल कमिटी गठनका क्रममा पार्टीप्रति देखिएको आकर्षकले उत्साहित बनाएको उल्लेख गर्दै केही बिरोधिका अफवाहका पछि नलाग्न अनुरोध गर्नुभयाे ।
‘ एमाले जनताकाे पार्टी हाे भन्ने कुरा गाउँटाेलमा गएपछि थाहा हुन्छ’ ढकालले भन्नुभयाे,-‘जनतामा कहिले पनि नपुगेकालाई त्याे थाहा नहुन सक्छ ।’
माेर्चा संगठन प्रमुख समेत रहनुभएका उपसचिव किशाेर थापाले संगठनहरुलाई जिबन्त बनाइराख्न बिभिन्न कार्यक्रम भइरहेकाे बताउनुभयाे । पार्टीसंगै जनसंगठनका गतिविधि चलायमान बनाइएको उल्लेख गर्नुभयाे ।