
नेपालगन्ज । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ ले संगठन विस्तारलाई तिब्रता दिएको छ । टाेल-टाेलमा नयाँ कमिटी गठनदेखि प्रशिक्षण कार्यकार्यक्रम नियमित भइरहेकाे क्षेत्रीय अध्यक्ष कुश्माखर बस्यालले जानकारी दिनुभयाे ।
‘हामीले लगभग धेरैवटा वडामा टाेल कमिटी गठन गरिसकेका छाै,केही वडामा गर्दैछाै ।’ अध्यक्ष बस्यालले भन्नुभयो,-‘ मंसिर १ मा तीस वडामा एकैपटक प्रशिक्षण गरेका थियौं ।’
अध्यक्ष बस्यालका अनुसार,संगठन बिस्तारका क्रममा सर्वासाधारणहरु पार्टीमा जाेडिने क्रम बढेकाे छ ।
पार्टीप्रतिकाे उत्साह बढेकाे अध्यक्ष बस्यालले बताउनुभयो । एमालेले क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा निर्वाचन जितेकाे छ ।
साे क्षेत्रका सांसद सुर्य ढकाल विकास निर्माणसंगै जनताका काममा नियमित सक्रिय भएर लागिरहनुभएको छ । त्यसक्षेका ईन्चार्ज समेत रहनुभएका ढकालले गएको निर्वाचनकाे जनमत अझ उत्साहजनक बढेकाे बताउनुभयाे ।

क्षेत्र नम्बर १ सहित संगठन बिस्तारलाई जिल्लाभर तिब्रता दिएको छ ।
२०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे ।
माेर्चा संगठन प्रमुख समेत रहनुभएका उपसचिव किशाेर थापाले संगठनहरुलाई जिबन्त बनाइराख्न बिभिन्न कार्यक्रम भइरहेकाे बताउनुभयाे ।
पार्टीसंगै जनसंगठनका गतिविधि चलायमान बनाइएको प्रचार विभाग प्रमुख निर्मला सुनारले बताउनुभयो ।