भूमि आयोगका अध्यक्षकाे सपथ


नेपालगन्ज । सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराएका छन् ।

यसअघि ५८ जिल्लामा नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर शपथ गराइएको हो ।

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५-३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । बाँकेमा घननाथ खनाल नियुक्त हुनुभएको छ । उहाँले सुकुम्बासीकाे हितमा काम गर्ने स्पष्ट पार्नुभएको छ ।

प्रकाशित मितिः     २९ पुष २०८१, सोमबार २०:१३  |