नेपालगन्ज । नेकपा एमाले बाँकेले जनवर्गीय संगठनसंग ‘रिपोर्ट कार्ड’ मागेकाे छ ।
जनसंगठनका गतिविधि क्रियाशिल बनाउन अनिवार्यरुपमा प्रतिवेदन लिखितरुपमै मागिएको जनसंगठन समन्वय संयन्त्र बिभाग प्रमुख किशाेर थापाले बताउनुभयाे ।
एमालेमा २३ वटा जनसंगठनहरु छन् । त्यसकाे परिचालन जनसंगठन समन्वय संयन्त्र बिभाग विभागले गर्ने गर्छ । त्यसकाे प्रमुखमा उपसचिव थापाले जिम्मेवारी सम्हालेसंगै जनसंगठनका गतिविधि सक्रिय बनाइएको छ ।
‘पार्टी जीवनमा जनसंगठनकाे भुमिका असाध्यै महत्त्वपूर्ण छ । त्यसैले उनीहरु चुस्तदुरुस्त हुनुपर्छ भनेरै उहाँहरुसंग लिखितरुपमै रिपोर्ट मागेका छाैं ।’- थापाले भन्नुभयो ।
जनसंगठन समन्वय संयन्त्र बिभागले जनसंगठनसंग हालसम्म भएको काम प्रगति प्रतिवेदन,सांगठनिक अवस्था, वार्षिक कार्ययाेजना,सदस्य सुचि मागेकाे छ । यसरी मागिएको प्रतिवेदनले अभिलेख चुस्तदुरुस्त राख्न समेत सहयाेग पुर्याउने थापाकाे भनाइ छ ।
उहाँले भन्नुभयाे,-‘हालसम्म केहीले बुझाईसक्नु भएको छ । बाँकीले पनि बुझाइरहनुभएको छ ।’