
नेपालगन्ज । नेकपा (एमाले) खजुरा गाउँपालीकाले खजुरा- ३ मा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय सभाहल का विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष देविलाल खनालकाे प्रेस बिज्ञप्ति जारी गर्दै खजुरा गाउँ पालीकाको तत्कालीन गाउँपालीकाका अध्यक्ष किस्मत कुमार कक्षपतीको अध्यक्षतामा बसेको गाउँ सभाले पालिकाको आन्तरिक बजेट ले निर्माण सम्पन्न गर्नेगरी बहुउद्देश्यीय सभा हल निर्माण को निर्णय गर्दै उक्त सभाहलको नामाकरण गाउँसभाबाट सर्वसम्मत रूपमा मदन भण्डारी बहुउद्देश्यीय सभा गृह ” राखिएको जनाएको छ ।
हाल उक्त सभा गृह निर्माण सम्पन्न भै उद्घाटन गर्दा गाउँ सभाको निर्णय लत्याएर अर्कै नाम राखी उद्घाटन गरिएकोमा नेकपा (एमाले) खजुरा गाउँ कमिटीको गम्भीर ध्यानाकर्षण भएको खनालले बताए ।

गाउँ सभाको आधिकारिक निर्णय विरुद्धको यो कार्य अशोभनीय र गैरकानुनी समेत रहेको हुँदा तत्काल उक्त सभा गृहको नामकरण गाउँ सभाको पुर्ववत निर्णय अनुसार गर्न माग गरिएको छ ।
” मदन भण्डारी बहुउद्देश्यीय सभा गृह नै कायम गर्न जोडदार माग गर्दछौं। यस्तो कार्यले भविस्यमा समेत गलत नजिर स्थापित हुने हुँदा समयमै सुधारको लागी खजुरा गाउँपालिकालाई गम्भीर ध्यानाकर्षण गराउदछौ ।”- बिज्ञप्तिमा उल्लेख छ ।