नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले जाडो समयमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण गरिएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि ६० वर्षभन्दा माथिका ११० जना जेष्ठ नागरिकलाई सो गाउँपालिकाको कार्यालयले न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण गरिएको खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शुशिला न्याेैपानेले जानकारी दिनुभयो ।
बल्याङ्केट वितरण गर्नुहुँदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले जेष्ठ नागरिकहरू जिउँदो इतिहास भएको बताउनुभयो । उहाँहरू एउटा विश्व विद्यालय हो । विश्व विद्यालयमा लेखिएका पुस्तक पढाइ हुन्छ भने एक शताब्दी बाच्नुभएका जेष्ठ नागरिकहरूबाट अनुभव र भोगाईको प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

पाका पुस्ताका अनुभव, युवाको जोस र जागरले मात्रै देशकाे परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रम बाेल्दै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगायत विभिन्न किसिमका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
बल्याङ्केट लिनुहुँदै जेष्ठ नागरिकहरूले खुसी व्यक्त गर्नुभयो । उहाँहरूले स्थानीय सरकारले समय–समयमा हाम्रा समस्या बुझ्दै आएको छ । आगामी दिनमा पनि स्थानीय सरकारले यसरी नै हाम्रो समस्या बुझ्दै जाओस् जेष्ठ नागरिकहरुले भन्नुभयो ।
उक्त जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना लेखा अधिकृत प्रदिप सुनार लगाएतकाे उपस्थिति रहेकाे थियोे ।