प्रचण्डलाई संसदबाट लगाएको आरोप प्रमाणित गर्न उपप्रधानमन्त्री विष्णु पौडेलकाे चुनाैती


नेपालगन्ज । उपप्रधानमन्त्री विष्णु पौडेलले विपक्षी नेता प्रचण्डले सरकार र प्रधानमन्त्री केपी शर्मा ओली माथि सरकारको नियत नै गलत भएको, बिचौलियाका लागि काम गरेको, सरकारी जग्गा बाड्न अध्यादेश ल्याएको, अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन नसकेको जस्ता आरोप लगाएकामा पुष्टि गर्न चुनौति दिनुभएको छ।

दाहालले सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको, पुँजीगत खर्च गत वर्षको तुलनाम कम भएको जस्ता दाबी गरेको थिए। दाहालले आफूमाथि लागेको शेरा दरबार प्रकरणमा छानबिन गर्न चुनौती दिँदै ओलीमाथि लागेका बिभिन्न प्रकरण पनि छानबिन हुनुपर्ने बताएका थिए।

त्यसको जवाफमा अर्थमन्त्री पौडेलले संसदबाटै दाहाललाई आरोपहरुको पुष्टि गर्न चुनौती दिनुभयो सक्नुभएन भने यहीँ रोष्ट्रबाट तपाँइले माफी माग्नु पर्छ।

सत्ता बिनाको तपाईँको छटपटीको पत्तुर आरोप हो ।
तपाईँले बिगारेको अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउन काम भइरहेको छ। तपाईँकै पालाको भुक्तानी दिन बाँकी अघिल्लो वर्षको २० अर्ब निर्माण व्यवसायीले दिएको छ। राजस्व तीव्र गतिमा उठ्न थालेको छ। पुँजीगत खर्च उच्चतहमा वृद्धि भएको छ।

तपाईंले फाइल खोल्ने नाउँमा फाइल मिलाउने काम गर्नुभयो। हामीले राजनीतिक आग्रह बिना सबै अपराधीलाई मुद्दा चलाउने आँट गरेका छौं। सेरा दरबारको घोटाला छानबिन गरेर भित्र जाने तपाईंको इच्छा हो भने त्यो पनि पूरा गर्नेछौं ।

भूमिहीन किसानहरू र व्यवसायीहरू खुसी भएको अध्यादेश आउँदा र विधेयक प्रस्तुत हुँदा तपाईंको टाउको किन दुखेको ? ६८ करोड भन्दा बढी ठगी गर्ने रवि लामिछानेलाई मुद्दा चल्दा तपाईंले गोईको आँसु किन झार्नुभयो? यो सबै तपाईंको संकटग्रस्त राजनीतिक भविष्यको चिन्ता हो। सत्ता छोड्नुपर्दाको पीडा हो । जनताले राम्रै बुझेका छन्।

प्रकाशित मितिः     २४ माघ २०८१, बिहीबार २१:१८  |