जीवन ज्योतिका बिद्यार्थीद्धारा खाजा कटाएर शैक्षिक सामाग्री बितरण 


 

नेपालगन्ज । कोहलपुरमा रहेको संस्थागत विद्यालय जीवन ज्योति स्कुलका विद्यार्थीहरूले समाजिक उत्तरदायित्व  अन्तरगत सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेका छन ।

जीवन ज्योति स्कुलका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले कोहलपुर १ कौशिला नगरमा रहेको जन ज्ञान ज्योति मा। बि का विद्यार्थीहरूका लागी शैक्षिक सामाग्री बितरण गरेका हुन । जन ज्ञानज्योति विद्यालयका १ देखी कक्षा ५ सम्म अध्ययनरत ५० जना गरिब तथा जेहेन्ददार शरणार्थीहरूलाई पढाइमा सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको जीवन ज्योति स्कुलका शिक्षक चेत चापागाँईले जानकारी दिए ।

उनका अनुसार कक्षा ५ सम्मका विद्यार्थीहरूका लागी कापी कलम पेन्सिल लगायतका सामाग्री र  वृहत शब्दकोश लगायतका शैक्षिक सामाग्री पढ्न सामाग्री बितरण गरेको चापागाँईले बताए । विद्यार्थीहरूले पढाइमा सहजता ल्याउने उद्देश्यले उनीहरूलाई कापी, कलम, झोला, पेन्सिल विद्यालयको लागि नेपाली वृहत  शब्दकोश , पठन पाठनमा चाहिने चार्ट पेपर लगायतका सामग्री प्रदान गरेको विद्यार्थीहरूले बताएका छन ।

जीवन ज्योतिमा अध्ययनरत विद्यार्थीहरूले  सामाजिक इ को क्लब गठन गरि खाजा खर्च बाट बचेको रकम सङ्कलन गरि समाजिक सेवाका कामहरू गर्दै आएका छन ।  यस क्लबले विद्यार्थीहरूलाई समाज सेवासँग जोड्ने, सामाजिक उत्तरदायित्व बुझाउने तथा परोपकारी भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले समाजमा सकारात्मक परिवर्तन ल्याउने तथा सहयोगी भावनाको विकास गर्न विद्यार्थीहरू लाई यस्ता क्रियाकलाप हरूमा बढावा दिदैँ आएको बताए ।  जीवन ज्योतिका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको रकमबाट एक जना विद्यार्थीलाई करिव ८ सय  दरले झन्डै ४० हजार बराबरको शैक्षिक सामाग्री बितरण गरेको प्रिन्सिपल जोमन जेम्सले बताए ।

जन ज्ञान ज्योति मावि का प्रधानाध्यापक बिनोद शर्मा लम्सालले  विद्यार्थीहरूलाई   गरेको सहयोगका लागि विद्यार्थीहरूलाई धन्यवाद दिदैँ  यस्तो खालको सहयोगले विद्यार्थीहरूलाई शिक्षामा प्रेरित गर्ने र उनीहरूको आत्मविश्वास वृद्धि गर्न मद्दत गर्ने बताए ।

निजी विद्यालयका विद्यार्थीहरूले सार्वजनिक विद्यालयका विद्यार्थीहरूको सहयोगमा हात बढाउनु सकारात्मक रहेको बताउँदै उनले  यस्ता गतिबिधीले  देश र जनता प्रति जिम्मेवार नागरिक उत्पादन हुने बताए ।

प्रकाशित मितिः     २५ माघ २०८१, शुक्रबार १८:०२  |