सामाजिक बिषयमा बृहत् प्रशिक्षण आयोजना


 

नेपालगन्ज । नेकपा एमाले बाँकेकाे शिक्षा तथा मानवस्रोत विभागले सामाजिक गतिविधिलाई समेत तीव्रता दिएको छ । यसैक्रममा शनिबार कक्षा ८ र १० को सामाजिक बिषय सिकाई प्रभावकारी बनाउने भन्ने बिषयमा एक दिने प्रशिक्षण कार्यशाला गोष्ठी गरेकाे विभाग प्रमुख सुर्य राेकायाले जानकारी दिनुभयाे ।

पार्टीका केन्द्रीय सदस्य मोहम्मद हारून हलुवाईको प्रमुख आथित्यता र पार्टी सचिव बलराम भट्टराई ,पार्टी उप-सचिव निर्मला सुनार,पार्टी उपमहानगर कमिटी अध्यक्ष माेहित शाह लगायतको उपस्थितिमा संचालित कार्यक्रम नेपालगंज कारकादो स्थित स्प्रिंग डेल एकेडमीमा भएको थियाे ।

प्रशिक्षकहरू खगेन्द्र मल्ल ठकुरी , कुलराज आचार्य, पुरुषोत्तम खनाल, सम्झना केसी र नोखिराम लामिछाने लगायत ६५ विद्यालयका सामाजिक बिषय शिक्षकहरू सहभागी थिए ।
कार्यक्रमकाे संचालन दुर्गा डाँगीले गर्नुभएको थियाे भने
स्वागत मन्तव्य ज्ञानेन्द्र शाहीले गर्नुभएको थियाे । कार्यक्रममा प्याब्सन बरिष्ठ उपाध्यक्ष शरद रावत
राष्ट्रिय शिक्षक संगठनकाे उपाध्यक्ष शान्तिदेवि आचार्य लगायतले आफ्नो धारणा राख्नुभएको थियाे ।

प्रकाशित मितिः     २७ माघ २०८१, आईतवार ०८:३३  |