बाँकेमा ‘केपी ओली कप’काे प्रवर्द्धन गर्दै युवा संघ


नेपालगन्ज । काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारका नेपालगन्जमा मैत्रीपूर्ण फुटसल खेल गरिने भएको छ ।

राष्ट्रिय युवा सँघ बाँकेको मंगलबार बसेको जिल्ला कमिटी बैठककाे निर्णय अनुसार केपी ओली कपको प्रचारप्रसारका लागि फागुन १ गते पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड, होल्डिङ बोर्ड स्थापना गर्ने र फागुन ३ गते शनिबारका दिन फुट्सल प्रतियाेगिता गर्न लागिएको सचिव सुनिल रसाइलीले जानकारी दिनुभयाे । उहाँका अनुसार खेलकाे तयारी तीब्ररुप भइरहेकाे छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो साता गर्दैछ ।

तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी १० टोलीको सहभागिता हुने युवा संघले जनाएको छ ।

प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थल एन्फा कम्प्लेक्समा खेलाइने र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा खेलाइने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

केपी ओली कपमा विश्वकै ख्याती प्राप्त खेलाडीलाई ल्याएर ईन्डोर्समेन्ट गर्ने युवा संङका अध्यक्ष थेबेले बताए ।

प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने पनि आयोजकले जनाएको छ । नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ । भुटान र भारतबाट पनि टिम आउने कुरा भइरहेको अध्यक्ष थेबेले बताए ।

प्रतियोगिताको विजेताले नगद १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार तथा उत्कृष्ट उदीयमान खेलाडीलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

हरेक खेलको विजेता टिमलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ । खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना छ’ भन्ने कुरालाई उजागर गर्दै युवा संघले दुई वर्ष अगाडिदेखि केपी ओली कप फुटबल सुरु गरेको थियो ।

केपी ओली कपको यसअघि भएका दुवै संस्करणको उपाधि मच्छिन्द्र एफसीले जितेको थियो ।

प्रकाशित मितिः     २९ माघ २०८१, मंगलवार २०:०१  |