एमाले बाँकेले ३ महिने ‘जरा अभियान’ सुरु गर्‍यो


नेपालगन्ज । नेकपा (एमाले) बाँके जिल्ला कमिटीले तीन महिने ‘जरा अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबारदेखि अभियान शुरु गरिएको अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

जनसंगठनको विस्तार र सदस्यता नवीकरण गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई सुदृढ बनाउने उदेश्य रहेको अध्यक्ष गुरुङले बताए ।

‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक मजबुतीलाई प्रगाढ बनाउनु र जनसंगठनको विस्तार गर्ने रहेको उनले सुनाए । ‘यस अभियानले पार्टीका गतिविधिहरूलाई गाउँगाउँमा पु¥याउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ र यसले जनसंगठन लाई थप सक्रिय बनाउन मद्दत गर्नेछ ।’ लामाले भने ।

बाँके जिल्लामा पार्टीका कार्यकर्ताहरूलाई जनताको घरघरमा पुगेर पार्टीका नीति र गतिविधिहरूको बारेमा जनतालाई जानकारी गराउन अभियान सुरु गरिएको हो ।

कार्यक्रममा बाँके जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्य बढाउने तयारी गरेकाे छ ।

‘हामीले यस अभियानमार्फत सदस्यता नवीकरण र पार्टीको राजनीतिक प्रभावलाई स्थानीय तहमा बलियो बनाउने योजना बनाएका छौं । यस अभियानले पार्टीलाई जनतासँग जोड्न र जनसंगठनको स्तरलाई पनि उचाइमा पु¥र्याउने छ । अहिलेको सरकारले गरेका राम्रा कामलाई घरघरमा पु¥याउने हाम्रो उद्देश्य हो,’ बाँके ईन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकालले भनिन ।

बैठकमा लिइएका निर्णयहरूमा प्रमुख रूपमा जरा अभियानका कार्यतालिका, सदस्यता नवीकरण र जनसंगठनको बैठकहरूको आयोजना गर्ने कुरा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः     ८ फाल्गुन २०८१, बिहीबार १६:५५  |