
नेपालगन्ज । खजुरा गाउँपालिकाले नसर्ने रोगहरुको पहिचानको लागि एक महिने अभियान शुरु गरेकाे छ ।
फाल्गुनको महिना जनचेतनामुलक क्रियाकलाप तथा स्क्रिनिङको महिनाको रुपमा मनाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिनुभयाे । स्थानियतहको समन्वयमा क्रियाकलाप सञ्चालन हुनेछ ।
गाउँपालिकाका प्रवक्ता धनराम ओलीका अनुसार, ३० वर्ष माथिको लागि नसर्ने रोग (सुगर, प्रेसर र मृगौला रोगकाे स्क्रिनिङ कार्यक्रम स्थानियतहका सबैमा हुनेछ ।

यदि तपाईको उमेर ३० वर्षभन्दा माथि छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई जाँचहरु गराई आगरिकहरुको स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ ।
जहाँ मधुमेह जीव (रमतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाइ र तौलको आधारमा मापन हुनेछ