काेहलपुरमा किसान कार्यशाला,किसानका समस्या पहिचान गरिदै


 

बाँके- नेकपा एमालेको भातृसंगठन अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा कोहलपुरमा किसानहरुका लागि भेला तथा कार्यशाला शनिवार देखि सञ्चालन भएको छ ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष एवं किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको हो ।

कृषि क्षेत्रका लागि उर्वरभुमि मानिएको बाँके जिल्लामा आधुनिक कृषि खेति प्रणाली र उत्पादकत्व बृद्धिमा अपनाउन सकिने विधिहरुवारे छलफल हुने दुई दिने कार्यशालामा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुचना अधिकारी भोज वहादुर रावलले प्रशिक्षण दिने कार्यक्रमको तय भएको अखिल नेपाल किसान महासंघ बाँकेले जनाएको छ ।

बाँके जिल्लाका ८ वटै स्थानिय तहवाट आएका अगुवा १ सय पचास बढि किसानहरुको सहभागिता रहेको कार्यशालाले बाँके जिल्लामा कृषि उत्पादनका संभावना र चुनौतिकावारे बाँके घोषण पत्र जारी गर्नेछ ।

अखिल नेपाल किसान महासंघ बाँके जिल्ला कोषाध्यक्ष सरीता थापाको स्वागत मन्तब्यवाट शुभारम्भ गरिएको उदघाटन कार्यक्रममा महासंका अध्यक्ष डा. प्रेम दंगालले देश संबृद्धिको मुख्य आधार कृषि क्षेत्र भएपनि कृषिकर्ममा आम किसानहरुको रुचि घट्दै गएको उल्लेख गरेका छन ।

उनले राज्यवाट विउ, विजन, पानी, मलखाद जस्ता प्राविधिक कुराहरु समयमै उपलब्ध हुन नसक्नुले पनि किसानहरु कृषिवाट पलाएन हुदै गएको औंल्याउदै बैज्ञानिक खेति, उत्पादनको वजारीकरण जस्ता समस्याले कृषि क्षेत्रमा आम नागरिकहरुलाई आर्कर्षित गर्न नसकेको स्विकारे ।

उनले पछिल्लो समयमा कृषि कर्मकालागि राज्यले लगानिमा समेत घटाउदै आएको प्रति चिन्ता प्रकट गर्दै डा. दंगालले बााके जिल्लामा थोरै क्षेत्रफलमा पनि किसानहरुलाई अधिक से अधिक प्रोफिट हुनेगरि कृर्षिकर्मका टुल्सहरुकावारे यो कार्यशालाले प्रष्ट पार्नेमा विश्वास ब्यक्त गरे ।

अखिल नेपाल किसान महासंघ बाँके जिल्ला अध्यक्ष कृष्ण बिक्रम केसिको अध्यक्षतामा आयोजित कार्यशाला उदघाटन शत्रमा अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिव एवं लुम्विनी प्रदेश ईन्चार्ज आरती पौडेल,नेकपा एमाले बाँके ईन्चार्ज शान्ति ढकाल, नेकपा एमाले प्रदेस सदस्य गोपाल गिरी, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे लगाएतका वक्ताहरुले आ आफनो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नगर कमिटि अध्यक्ष कुल वहादुर भट्टराई,नेता भारति खनाल, भुमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल लगाएत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     १० फाल्गुन २०८१, शनिबार १८:०१  |