नेपालगन्ज । नेपाल मुस्लिम ईत्तेहाद संगठनकाे साताैं केन्द्रीय महाधिवेशन नेपालगन्जमा हुने भएको छ ।
नेकपा एमालेको भातृसंगठन ईत्तेहाद संगठनले महाधिवेशन आगामी २०८२ बैशाख २०,२१ गते नेपालगन्जमा हुने निर्णय गरिएको ईन्चार्ज माेहमद हारुनले जानकारी दिनुभयाे । त्यसकाे तयारीका लागि १३ वटा उपसमिति समेत गठन गरिएको छ ।

संगठनको केन्द्रीय कमिटी बैठकका अध्यक्ष सेराज अहमद फारूकी , प्रमुख अतिथि नेकपा (एमाले) महासचिव शंकार पोखरेल र बिशिष्ट अतिथि संगठनका इन्चार्ज कादरीको उपस्थितमा भएको बैठकले निर्णय लिएको हो ।