वी-ग्रुपले मनायाे रजतजयन्ती


नेपालगन्ज । भेरी वातावरणीय बिशिष्टता समुह (वी-ग्रुप)ले आफ्नो रजतजयन्ती मनाएको छ । शनिबार पुर्व संविधानसभा उपाध्यक्ष पुर्णाकुमारी सुवेदीकाे प्रमुख आतिथ्यता र अध्यक्ष डा ईन्द्र बहादुर भण्डारीकाे अध्यक्षतामा रजतजयन्ती कार्यक्रम आयोजना गरिएको थियाे ।

कार्यक्रम संविधानसभा उपाध्यक्ष सुवेदीले वी-ग्रुपले गरेकाे कामकाे प्रशंसा गर्दै आगामी दिनकाे सफलताकाे कामना गरिन । गैरसरकारी निकायमा वी-ग्रुपकाे फरक पहिचान रहेकाे उनको भनाइ थियाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष डा ईन्द्र बहादुर भण्डारीले संस्थालाई सफल बनाउन साथ सहयाेग गर्नुहुने सबैलाई हार्दिक आभार प्रकट गरे । उनले आगामी दिनमा पनि उत्कृष्ट काम भइरहने उल्लेख गरे ।

पुर्व अध्यक्ष,पदाधिकारी,बिभिन्न सराेकारवाला निकाय,कर्मचारीकाे कार्यक्रममा सहभागिता थियाे । दस जना कर्मचारीलाई पुरस्कृत गरिएको थियाे ।

प्रकाशित मितिः     ११ फाल्गुन २०८१, आईतवार ०७:१५  |