नेपालगन्ज । नेकपा एमाले बाँकेले जिल्लाकाे पर्यटन प्रवर्धनका लागि प्रचारात्मक अभियान गर्ने भएको छ । बाँकेकाे पर्यटन विकासका लागि प्रचारात्मक अभियानकाे अभाव महसुस भइरहेका बेला राजनीतिक दलकाे तर्फबाट सकारात्मक अभियान शुरु गर्न लागिएको हाे ।
एमाले जनसंगठन समन्वय संयन्त्रको तेस्रो पुर्ण बैठकले आइतबार फागुन १७ गते जमुनाह नाका पुगेर पर्यटन प्रवर्धनका लागि प्रचारात्मक अभियान शुरु गर्ने र जिल्लाकाे पर्यटनक्षेत्रसंग सम्बन्धित समस्याकाे पहिचान गरि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेकाे संयन्त्र प्रमुख किशाेर थापाले जानकारी दिनुभयाे ।

संयन्त्र प्रमुख थापाले दक्षिण छिमेकी भारत नेपालकाे पर्यटन बजार भएको हुँदा त्यहाँका पर्यटककाे ध्यान खिच्न जमुनाह नाकामा पुगेर प्रचारात्मक अभियान शुरु गर्न लागिएको हाे । ‘जिल्लाकाे पर्यटन विकासका लागि हाम्रो पार्टी र हामी निकट जनप्रतिनिधि र सरकारले महत्त्वपूर्ण काम गर्नुभएकैछ । तर पनि प्रचारात्मक अभियानलाई पनि संगै लैजानुपर्छ भनेर यसाे गर्न लागेका हाैं ।’- थापाले भन्नुभयाे ।
एमालेले दक्षिण सिमाबाट आउने पर्यटकका समस्या पहिचान गर्ने छ भने ती समस्या समाधानका लागि सराेकारवाला निकायकाे ध्यानाकर्षण गराउनेछ । बाँकेमा पछिल्लो समय पर्यटन क्षेत्रकाे विकासका लागि सकारात्मक पहल भएका छन् तर प्रचारप्रसारका कामहरु पर्याप्त मात्रामा भइरहेका छैनन् ।