केदारनाथमा भारतले बनाउने भयाे ठूलो लगानीमा केवलकार


 

नेपालगन्ज । भारत उत्तराखण्डकाे प्रसिद्ध धार्मिकस्थल केदारनाथमा केवलकार परियाेजना शुरु हुने भएको छ ।

प्रधानमंत्री नरेंद्र मोदीकाे अध्यक्षता रहेकाे आर्थिक मामिला सम्बन्धि संसदीय समितिले सोनप्रयागदेखि केदारनाथसम्म १२.९ किलोमिटर लामाे केवलकार परियाेजनालाई अनुमाेदन गरेकाे हाे ।

स्मरण रहाेस् यस्तै परियाेजना नेपालकाे पाथीभरा धार्मिकक्षेत्रमा गराउन खाेज्दा तीब्र बिराेध भइरहेकाे छ ।

कतिले भारतकाे केदारनाथमा केवलकार नभएको भन्दै पाथीभरामा पनि केवलकार बन्न नहुने भन्दै बिराेध गरिरहेका बेला केदारनाथ भारत सरकार स्वंयले ४०८१.२८ कराेड खर्चेर केवलकार बनाउने घाेषणा गरेकाे छ ।

याे केवलकारले दैनिक १८ हजार तिर्थयात्री ल्याउने लैजाने क्षमता राख्ने भारतीय संचारमाध्यमले जनाएको छन् ।

https://www.aajtak.in/india/uttarakhand/story/know-how-beneficial-kedarnath-ropeway-project-for-the-devotees-distance-of-9-hours-will-be-covered-in-just-36-minutes-ntc-rptc-2182600-2025-03-05

प्रकाशित मितिः     २१ फाल्गुन २०८१, बुधबार २१:१४  |