नेपालगन्ज । खजुरा गाउँपालिकाले बिहीबार सोनपुर स्वास्थ्य चौकीमा स्त्रीरोग विशेषज्ञ चिकित्सक सहित बृहत् स्वास्थ्य शिविर गरेकाे छ ।
डा उर्मिला पराजुली र मेडिकल अफिसर डा अनिस रुचाललगायत स्वास्थ्य शाखा र आधारभुत स्वास्थ्य संस्था टिमबाट १ सय ८४ जनालाई सेवा दिएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसी ओलीले बताउनुभयो ।
नि:शुल्क स्वास्थ्य शिविरमा नसर्ने रोग पहिचान गर्नुका साथै नि:शुल्क औषधि बितरण गरिएको थियो ।

महिलाहरुको पाठेघरको मुखको शन्कास्पद क्यान्सर पोजेटिभ १३ जना, महिलाको आङ खसेको १ जना ,मधुमेह १५ जना ,उच्च रक्तचाप २० जना, श्वास्प्रस्वास सम्बन्धि समस्या १५ जना , मृगौला सम्बन्धी समस्या १३ जना लगायतका समस्याहरु पहिचान भएका छन् ।
कार्यक्रमकाे अध्यक्षता वडा नम्बर ७ का अध्यक्ष राम गोपाल यादबले गर्नु भएको थियाे भने प्रमुख अतिथि पालिका प्रमुख डम्बर बिक तुफान, बिशिष्ठ अतिथि बरिस्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली , सामाजिक बिकास संयोजक कृष्ण कुमारी पोखरेल, वडा न ७ का जनप्रतिनिधि , वडा न ५ का अध्यक्ष गरिबे शेख लगायतको सहभागीता रहेकाे शाखा प्रमुखमा केसीले बताउनुभयो ।