आरएन्डबी इलेक्ट्रो मार्टले नयाँ शाखा सञ्चालनमा ल्यायाे


नेपालगन्ज । आर एन्ड बी इलेक्ट्रो मार्टले थप एक नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।ग्राहकको माग बढेसँगै मार्टले शाखाका रूपमा नेपालगन्जको सुर्खेत रोड स्थित एलजी शोरूम सञ्चालमा ल्याएको हो ।

‎शनिबार उद्घाटन गरि मार्टले आफ्नो व्यवसायको सुरुवात गरेको छ । विगत ७ वर्षदेखि घरबरीटोलमा आर एन्ड बी इलेक्ट्रो मार्टले इलेक्ट्रोनिक्स सामानहरू बिक्री वितरण गर्दै आएको छ ।

घरबारिटोलको पसलमा ग्राहक आउँदा एलजी इलेट्रोनिक्स सामानको माग धेरै बढेपछि थप शाखा खोल्न उत्प्रेरित भएको आर एन्ड बी इलेक्ट्रो मार्टकी प्रोप्राइटर अस्मिता रिजालले बताउनु भयो । उहाँले ग्राहकलाई सामान बिक्री मात्र नभई बिक्री पछि पनि चाहिने सेवामा कुनै कञ्जुसाई नगर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

https://youtube.com/shorts/0HldEpwE-vs?si=516Sl4kcLIWnumdc

‎सञ्चालिका रिजालले एलजीको सम्पूर्ण होम अप्लाइन्सेस जस्तै टिभि,फ्रिज,एसी,वासिङ मेसिन लगायतका इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराउने जानकारी गराउनु भयो । साथै आर एन्ड बी इलेक्ट्रो मार्टमा २५ हजार भन्दा माथिका एलजी सामान खरिदमा ईएमआईको व्यवस्था गरिएको छ ।

‎साथै आर एन्ड बी इलेक्ट्रो मार्टका अर्का सञ्चालक भानु रिजालले शोरुममा आगामी चैत्र ९ गतेसम्म ग्राहकको १५ हजार भन्दा बढी खरिदमा हातखाली नजानेगरी स्पिन एण्ड वीन गराउने जानकारी गराउनु भयो । उहाँले “एलजीको सामान खरिद गर्दा कम्पनीले दिने वारेन्टी सेवा त छदै छ,अन्य होम सर्भिस सेवा पनि रहेको छ जसले गर्दा ग्राहकले ठूलो सामानहरूको सर्भिसमा घरमै सेवा पाउनुहुनेछ ।” बताउनु भयो ।

‎यसका साथै आर एन्ड बी इलेक्ट्रो मार्टमा एलजीका पुराना सामान ल्याई इन्जिनियरद्वारा मूल्यांकन गरी नयाँ समानसंग एक्सचेन्ज गरिने सञ्चालक भानु रिजालले जानकारी गराउनु भयो ।

‎आर एन्ड बी इलेक्ट्रो मार्ट करिब १ करोड लगानीमा सञ्चालनमा आएको छ । आर एन्ड बी इलेक्ट्रो मार्टको नयाँ शाखा धम्बोजीबाट २ सय ५० मीटर दक्षिणतर्फ अवस्थित छ । शाखाको उद्घाटन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले गर्नु भएको थियो ।

प्रकाशित मितिः     २४ फाल्गुन २०८१, शनिबार २१:३८  |