उद्योग तथा ब्यवसायी महासंघ नेपालगन्जकाे अध्यक्षमा बिष्णु श्रेष्ठ


नेपालगन्ज । नेपाल उद्योग तथा ब्यवसायी महासंघ नेपालगन्ज नगर समितिकाे अध्यक्षमा बिष्णु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । साेमवार सम्पन्न दोस्रो अधिवेशनमाट अध्यक्षमा श्रेष्ठकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हाे ।

महासंघकाे बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकाेटा,उपाध्यक्षमा टाेप बहादुर थापा, सचिवमा रुक्मीणा भारती,काेषाध्यक्षमा लक्ष्मीप्रसाद जैसी, उपसचिवमा राजकुमार बिक चयन भएका छन् ।

नयाँ कार्यसमितिकाे सदस्यमा युवराज काफ्ले, गोकर्णराज आचार्य,शन्तोष थिङ, दिनेश सापकोटा
विकाश थापा रहेका छन् ।

निवर्तमान अध्यक्ष बुद्धिदियालीकाे अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र,बाँके उपसचिव किशाेर थापा, महासंघका प्रदेश उपाध्यक्ष भास्कर काफ्ले,नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाट लगायतकाे सहभागीता थियाे ।

प्रकाशित मितिः     २६ फाल्गुन २०८१, सोमबार २०:२०  |