नेपालगन्ज । उपकार लघुवित्त बित्तिया संस्था लिमिटेडको आयोजनामा ग्लोबल मनी वीक -२०२५ को अवसर परेर सिद्धार्थ माध्यमिक विद्यालय काेहलपुरकाे रझेनामा “वित्तीय साक्षरता कार्यक्रम” सञ्चालन गरेकाे छ ।
उपकारले विद्यार्थीहरूलाई वित्तीय साक्षरता, बचत, लगानी, र उद्धमशिलताको महत्वबारे ज्ञान प्रदान गरिँदैछ। यो प्रयासले विद्यार्थीहरूको जीवनमा वित्तीय रूपमा सजग र सशक्त बनाउने एक कदम बनोस भन्ने बिश्वास गरिएकाे छ ।

कार्यक्रमलाई सफल बनाउनमा विद्यालय प्रशासन, शिक्षक, समुदाय, र सहभागी सबैलाई हार्दिक आभार व्यक्त गरिएको उपकारका ऋण शाखा प्रमुख हरि केसीले बताए ।