नेपालगन्जमा हुँदैछ ‘रोजगार मेला’


नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी चैत्र १५ र १६ गते नेपालगन्जमा आयोजना गर्ने ‘रोजगार मेला’का लागि बाँके स्थित स्थानीय तहहरुसँग साझेदारी गर्ने भएको छ ।

‘त्यसका लागि आइतबार मात्रै नरैनापुर गाउँपालिकासँग सम्झौतापत्रमा हस्ताक्षर भयो’, संघका महासचिव समेत रहेका मेला संयोजक भीम रानाभाटले राप्तीसोनारी र डुडुवासँग सम्झौता बाँकी रहेको जानकारी दिंदै भने, ‘सबै पालिकाले साझेदारी गर्नुहुनेमा हामी ढुक्क छौं ।’

त्यसैबीच सोमबार राप्ती सोनारी गाउँपालिकासंग सहकार्यको सम्झौता गरिएको छ ।

प्रकाशित मितिः     ४ चैत्र २०८१, मंगलवार ०७:२४  |