बाँकेमा मृगौला रोगीहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न


 

बाँके, २०८१ चैत २ — बाँके जिल्लामा मृगौला रोगबाट प्रभावित बिरामीहरूका लागि शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रा. लि. को आयोजनामा विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम भेरी अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन तथा DM Nephrologist डा. शौरभ सिंह हमालको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रममा डा. हमालले मृगौला रोगबाट प्रभावित भई डायलाइसिस गरिरहेका बिरामीहरूलाई स्वस्थ जीवनशैली अपनाउने उपायहरूबारे महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।

उहाँले डायलाइसिसमा रहेका बिरामीहरूले स्वस्थ रहनका लागि उचित खानपान, व्यायाम, औषधि सेवन र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरका प्रतिनिधिहरूका अनुसार, यस्ता कार्यक्रमहरू मार्फत मृगौला रोगीहरूलाई सही जानकारी प्रदान गरी उनीहरूको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको छ।

उक्त अभिमुखिकरण कार्यक्रममा मृगौला रोगीहरूका साथै तिनका आफन्तजन तथा स्वास्थ्यकर्मीहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट उपयोगी जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।

यस प्रकारका स्वास्थ्य सचेतना कार्यक्रमले बिरामीहरूमा आत्मबल बढाउने र स्वस्थ जीवनशैली अवलम्बन गर्न प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मितिः     ४ चैत्र २०८१, मंगलवार १८:२७  |