
बाँके । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस र ज्ञानाेदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ ।
सो क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी हुनेहरुमा स्ववियुको अध्यक्षमा केशरजंग शाह, सचिवमा चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल हुनुहुन्छ भने सदस्यहरुमा अमिश बि.क., वन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजिब साह, शिशिर सुवेदी र गोपाल आउजी रहनु भएको छ ।

शाहको प्यानलले नेविसंघ र अखिल क्रान्तिकारीको दुई वटा प्यानललाई पराजित गरेर विजयी भएको हो । देशका अधिकांश क्याम्पसमा सत्ता साझेदार दलका विद्यार्थी संगठनहरुबिच गठबन्धन भएपनि महेन्द्र बहुमुखि क्याम्पसमा नेविसंघ र अनेरास्ववियूले एक्ला एक्लै चुनावमा प्रतिष्पर्धा गरेका थिए ।
मंगलवार राति सम्पन्न मतगणनामा २३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा सचिव र कोषाध्यक्षसहित सबै पदमा अखिलकै उम्मेदवार निर्वाचित भएको उनले बताए ।
बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका सर्बिन महतो विजयी हुनुभएको छ।
अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार महतोले ११२ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ।
यसैगरी सचिवमा सविनकुमार खत्री, कोषाध्यक्षमा ममता कार्की र सदस्यमा कसिस लामा, निरुता रावत, आस्थाकुमारी थारु विजयी हुनुभएको छ।
अनेरास्ववियु क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार मो आसिफ साइले ६४ मत प्राप्त गर्नुभयो। निर्वाचन समितिका अनुसार २०१ मतदाता रहेकोमा १७७ मत खसेको थियो।