रिटर्नी फेडेरेसन नेपाल, बाँकेको अध्यक्षमा हेमराज (हरि) गौतम


नेपालगन्ज – नेकपा एमालेको जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपाल, बाँकेको अध्यक्षमा हेमराज (हरि) गौतम चयन भएका छन् ।

फेडेरेसनको  जिल्ला समिति पुनर्गठन गर्दा यसअघि उपाध्यक्ष रहेका गौतमलाई अध्यक्ष बनाइएको हो ।

फेडेरेसनको उपाध्यक्षमा चन्द्रप्रकाश भण्डारी, सचिवमा खड्कबहादुर चन्द, सहसचिवद्वय सम्झना लम्साल र सुशीलकुमार श्रेष्ठ, कोषाध्यक्षमा नन्कु यादव रहेका छन् ।

सदस्यहरुमा महेश्वर धिताल, ललितबहादुर विश्वकर्मा, पुनम मानन्धर, बेदबहादुर वली, भीमबहादुर रोका, जमान पठान र रामसुहावन गडरिया रहेका छन् ।

फेडेरेसनमा विदेशमा दुई वर्षबढी बसेर आएकालाई समेटिएको छ

प्रकाशित मितिः     २६ जेष्ठ २०८२, सोमबार ०८:३९  |