बाँके । नेपालगन्जस्थित जिभिएन स्कुल राष्ट्रिय शिक्षा उत्कृष्ट पुरस्कार-२०२५ बाट सम्मान गरिएको छ । शनिबार राजधानी काठमाडौं आयोजना गरिएको बृहत् कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हाे ।
फोकस नेपाल नामक संस्थाले शिक्षा क्षेत्रमा याे सम्मान प्रदान गर्दै आएको छ । उक्त सम्मान कलेजका सिइओ गणेश भण्डारी र संयोजक खुमलाल शर्माले ग्रहण गरेका थिए ।

बिद्यार्थी,अभिभावक,शिक्षकशिक्षिका एवं कर्मचारीकाे मिहिनेतले याे सम्भव भएको भण्डारीले बताए । सम्मानले कलेजलाई अझ परिस्कृत गर्न हाैसला प्राप्त भएको उनकाे भनाइ छ ।