व्यवसायको औपचारिकिकरण सम्बन्धी कार्यक्रम सम्पन्न


नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिको समन्वयमा, सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा र शशक्त महिला समृद्ध नेपालको सहयोगमा व्यवसायको औपचारिकिकरण सम्बन्धी दुई दिने तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव राम प्रसाद जैसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष  पदम बहादुर शाही उपस्थित रहनुभएको थियो। त्यस्तै, संघका अध्यक्ष  हर्ष विक्रम खड्काले तालिमको उद्देश्य र यस कार्यक्रमको आवश्यकता तथा महत्त्वका विषयमा प्रकाश पार्नुभएको थियो।

उक्त तालिम विशेष रूपमा व्यवसाय सञ्चालन गरिरहेका तर व्यवसाय दर्ता नगराएका महिला उद्यमीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। कार्यक्रममा करिब १९ जना महिला उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिम दुई दिनसम्म सञ्चालन हुनेछ।

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार १४:१९  |