स्थानीय उद्योग र उत्पादनलाई प्रोत्साहन,सीपयुक्त जनशक्ति निर्माणमा जाेड


 

गुर्भाकाेट (सुर्खेत ) । सुर्खेत गुर्भाकाेट नगरपालिकाका प्रमुख हस्त पुनले आर्थिक वर्ष २०८२/८३ काे लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक विकासका प्राथमिकता छनाैट गरेका छन् ।

हेर्नुस् आर्थिक विकासका मुद्दाहरु :-

. आर्थिक विकास

उद्योग तथा व्यवसाय प्रवर्धनः-

१. उपप्रमुख उद्यमशीलता विकास तथा युवा स्वरोजगार कार्यक्रम मार्फत स्थानीय तथा स्वदेशी कच्चा पदार्थको उपयोग गरी सञ्चालन हुने स्थानीय माग र आवश्यकतामा आधारित सीप विकास तालीमलाई प्राथमिकता र निरन्तरता दिईने छ ।

२. स्थानीय रुपमा उद्यमशिलताको सम्भावना रहेको घरबास, कृषि, पशु, पर्यटन, सस्कृति र परम्परालाई व्यवस्थित गरी सामुदायिक घरबास उद्योगको रुपमा विकास विस्तार गरी उद्यमशिलताको प्रर्वद्धन गर्ने ।

३. दीर्घकालीन आयआर्जनमा सहयोग पुग्ने युवा-महिला उद्यमशिलतामा जोड दिन संघ र प्रदेश सरकार संघ समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

४. दर्ता प्रक्रिया आबद्ध नभएका उद्योग-व्यापारलाई दर्ता प्रकृयामा ल्याउन अभिमुखिकरण तथा सहजिकरण गर्ने ।

५. विगतमा सञ्चालन गरिरहेको नयाँ उद्यमीहरुका लागि उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिई त्यसको प्रभावकारिता अभिवृद्धि गर्ने ।

६. स्थानीय उद्यमीका उत्पादनलाई एकीकृत गरी बजारिकरण र निर्यात प्रर्वद्धन गर्न संघ र प्रदेश संघ समन्वय गरी औद्योगिक ग्रामको व्यवस्था गर्ने ।

७. स्थानीय उत्पादनलाई प्रर्दशनी, कोसेली गृह सञ्चालन, मेला महोत्सव, स्टल, उद्यम सम्मेलन मार्फत प्रचारप्रसार र बजारिकरण गर्ने ।

८. स्थानीय व्यापार, व्यवसायलाई कानून सम्वद्ध, अनुशासित, मर्यादित र जिम्मेवार बनाउन बजार अनुगमनलाई निरन्तर र प्रभावकारिता अभिवृद्धिमा जोड दिइनेछ ।

९. विभिन्न सीपमा दक्ष व्यक्तिहरुको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्यमा सीप परीक्षण गरी प्रमाणपत्र दिइनेछ व्यवस्था गरिनेछ ।

१०. नगरपालिकाद्वारा विभिन्न क्षेत्रमा तालिम सिकाइएका व्यवसाय तथा बेरोजगार रहेका जनशक्तिको आवश्यकतालाई पहिचाना गरी थप तालिम दिइनछ। साथै व्यवसाय स्थापनाका लागि आवश्यक सहयोगको व्यवस्था मिलाईने छ।

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार २१:३५  |