
नेपालगन्ज । नेपाल औषधी व्यवसायी संघ बाँकेले स्थापनाको ५२औं स्थापना वर्षको अवसरमा संघले मंगलबार विभिन्न कार्यक्रमहरु गरेको छ । संघले दिनभर सेवाभावका साथ कार्यक्रम गरेको हो ।
विहान रक्तदानबाट सुरु गरेको कार्यक्रम साँझ दिप प्रज्वलन गरी स्थापना दिवस मनाएको संघका महासचिव जीवन शर्माले जानकारी दिनु भयो ।
महासचिव शर्माका अनुसार विहान नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक भेरी अस्पतालमा संघका पदाधिकारी, सदस्य र शुभचिन्तकले ७५ पिन्ट रक्तदान गरेको थियो । रक्तदान जीवन दान हुने मुल नाराका साथ रक्तदान गर्नु पुण्य कार्य हो । यसैगरी संघका पदाधिकारी सहितको समूहले आजै साँझ नेपालगन्जमा रहेको मानव सेवा आश्रम आदर्शनगरमा आश्रितहरुका लागि साँझको भोजन सहयोग गरेको छ ।

संघले स्थापना दिवसकै अवसरमा सा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न मिनी मिस ग्लाम इन्टरनेशनल २०२५ को उपाधी विजेता नेपालगन्ज १३ निवासी सुश्री कठायतलाई सम्मान गरेको छ ।
महासचिव शर्माका अनुसार आजै संघका पदाधिकारी, सदस्य र शुभचिन्तकले स्थापनाकै अवसरमा संघको कार्यालयमा दिप प्रज्वलन गरिएको छ । स्थापना दिवसको कार्यक्रममा संघका जिल्ला तहदेखि लुम्बिनी प्रदेश र केन्द्रीय कमिटीमा नेतृत्वकर्ताको सहभागिता रहेको थियो ।