मदनजयन्तीमा बाँकेमा बृहत् बृक्षाराेपण,पाँचसय बिरुवा लगाइयो


नेपालगन्ज । जननेता मदन भण्डारीकाे ७४ औं जन्मजयन्तीकाे अवसरमा शनिबार  बाँकेमा नेकपा एमालेले बृहत् बृक्षाराेपण गरेकाे छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले त्यसकाे अगुवाई गरेका थिए ।

मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालकाे अगुवाइमा नेकपा एमाले बाँकेकाे पार्टी कार्यालय परिसरमा बृक्षाराेपण गरियाे । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल,केन्द्रीय सदस्य माेहमद हारुन,जिल्ला अध्यक्ष निरक गुरुङ,पार्टी पदाधिकारी एवं जनवर्गीय संगठनका नेताहरुको सहभागीता थियाे ।

त्यस्तै नेपाल उद्योग तथा ब्यवसायी महासंघकाे अगुवाइमा एकीकृत भंसार जाँचचाैकी परिसरमा बृक्षाराेपण गरिएको छ । अध्यक्ष भिम रानाभाटकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र,पार्टी नेता तथा महासंघका केन्द्रीय सदस्य भाष्कर काफ्ले,प्रदेश सहसचिव सराेज चाैधरी,नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , स्थानीय विभाग प्रमुख मीन मल्ल लगायतको  सहभागीता थियाे ।

नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराईले जिल्लाभर विभिन्न पाँचसय बाेट बिरुवा लगाएको बताए

प्रकाशित मितिः     १४ असार २०८२, शनिबार १०:४६  |