जिभिएनका विद्यार्थीले राेपे धान


नेपालगन्ज । नेपालगन्जस्थित जिभिएन स्कुलका विद्यार्थीले असार १५ काे अवसरमा आइतबार खेत राेपाई गरेका छन् ।

विद्यार्थी सहित शिक्षकशिक्षिकन समेत त्यसमा सहभागी भएको विद्यालयका काेर्डिनेटर अभिशेक खनालले बताए ।

विद्यार्थीलाई ब्यवहारिक ज्ञान दिन यसाे गरिएको खनालले जानकारी दिए । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो।

वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं भन्ने थियो।

राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन्। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ।

प्रकाशित मितिः     १५ असार २०८२, आईतवार १८:३१  |