बाँके । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँके किसानले भाेग्दै आएको मल अभावकाे संकट टार्न सबै तहका सरकारकाे ध्यानाकर्षण गराएको छ ।
शुक्रबार जिल्ला कमिटीकाे बैठक पश्चात् बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशी मार्फत रासायनिक मलकाे संकट सहित कृषकका समस्याका बारेमा ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिनुभयाे ।

त्यसअघि महासंघ एमालेका नेताहरु सहितकाे बैठकले किसानकाे समस्याका बारेमा सरकारकाे ध्यानाकर्षण गराउने निर्णय भएको थियाे ।