एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै राेकिएन


नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे  भन्दै  सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन्  ।

लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ ।

रिकभरिङ नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले  सरकारी सेवा सुविधा लिदा समेत बिभेदकाे सिकार हुनुपर्ने परिस्थिति रहेकाे सुनाए ।
रिकभरिङ नेपालकाे लुम्बिनी प्रदेश फाेकल पर्सन  प्रविण बिसीले बिगतकाे भन्दा एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसनी माथि हुने विभेदमा कमी आएको निर्मुल हुन नसकेकाे बताए । उनले सामाजिक बिभेद अन्त्यकाे आवश्यकता औल्याउँदै त्यसका लागि रिकभरिङ नेपालले सबै सराेकारवालासंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

चेन्ज टिम टिम लिडर अध्यक्ष ईन्दिरा जिसीले एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसनका हकमा हुने विभेदकाे सबैले सामना गर्नुपर्ने बताइन । ‘यि कुराहरु राेग हुन र उपचार गरेर अरु जस्तै ठिक हुन्छ भन्ने कुरा समाजले बुझ्नुपर्छ’- जिसीले भनिनन् ।

रिकभरिङ नेपाल लुम्बिनी प्रदेश महासचिव यशाेदा ज्ञवालीले सामुहिक प्रयासबाट मात्रै भेदभाव अन्त्य हुने बताउँदै त्यसमा लागि सक्रिय भएर लाग्न आग्रह गरिन ।

कार्यक्रममा स्वास्थ कार्यालय बाँकेका रविन्द्र शाह,पत्रकार,सुरक्षाकर्मी तथा सराेकारवाला निकायका अगुवा सहभागी थिए ।

प्रकाशित मितिः     १२ भाद्र २०८२, बिहीबार १८:३४  |