युवा नेता दिपेन्द्र बिष्ट आगामी चुनावका लागि उम्मेदवार सिफारिस


 

नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न राजनितिक दलहरूद्वारा केन्द्रमा उम्मेद्वार सिफारिस गर्ने कार्य तीव्र रूपमा चलिरहेको छ ।

सो क्रममा हालसम्म नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाललगायतका राजनीतिक दलहरूले बाँकेमा उम्मेद्वारको नाम सिफारिस गरेर पठाइसकेका छन् ।

सो क्रममा नेपाली कम्युनिस्ट पार्टी बाँकेले पनि जिल्लाका तीन वटा निर्वाचन क्षेत्रका लागि पूर्वमन्त्री महेश्वर गहतराज अथकसहित २३ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ का लागि अकलबहादुर बम, दिपेन्द्र विष्ट लगायतको नाम सिफारिस गरेकाे छ । बिष्ट युवा नेता हुन । राष्ट्रिय खेलकुद परिषदकाे सदस्यकाे जिम्मेवारी सम्हालिसकेका थिए भने नेपालगन्ज उद्योग वाणिज्य संघकाे एशाेसियट सदस्य समेत भइसकेका छन्। पछिल्लो पछक भएको युवा पुस्ताकाे आन्दोलनकाे मर्म अनुसार आगामी चुनावमा नयाँ पुस्ताले टिकट पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     १४ पुष २०८२, सोमबार ०६:२७  |