एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस


 

नेपालगन्ज । नेकपा एमालेले बाँकेकाे आगामी निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेकाे छ ।

क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठकद्वारा सिफारिस उम्मेदवार सिफारिस गरिएको पार्टी उपाध्यक्ष रत्न खत्रीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार, क्षेत्र नम्बर १ सुर्य ढकाल र ३ मा दलबहादुर सुनार एकलरुपमा सिफारिस हुनुभएको छ । त्यस्तै २ नम्बर क्षेत्रमा जिल्ला अध्यक्ष निरक गुरूङ सहित

कृष्ण श्रेष्ठ र अक्षरी पोखरेल सिफारिस हुनु भएको छ ।

प्रकाशित मितिः     १९ पुष २०८२, शनिबार १८:५४  |