
नेपालगन्ज / बाँकेमा सक्रिय रहेको संस्था नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको “नेपालगन्ज साइकल फेस्टिवल-२०८२” को तयारी तीब्र रूपमा अगाडि बढाइएको छ ।
क्लबका सह- सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक बिष्णु कँडेलका अनुसार तयारी भब्यरुपमा भइरहेकाे छ । क्लबका सल्लाहकार तथा पुर्व अध्यक्ष सतिश निरौलाका अनुसार नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गत मुख्य रूपमा ” नेपालगन्ज किड्स रेस” र ” टुर डे ठाकुरद्वारा” गरि दुई इभेन्टको आयोजना गर्दै आइरहेको छ।
निरौलाका अनुसार २०७५ साल बाट आयोजना गरिदै आएको टुर डे ठाकुरद्वारा पश्चिम नेपालमै पहिलो सुरुवात गरिएको साइकलको इभेन्ट हो र यो अहिले सम्म आईपुग्दा देशकै साइकलको ठुलो इभेन्टका रूपमा स्थापित भएको छ जुन कार्यक्रममा भारतिय शहरहरु देशको ७ वटै प्रदेशका प्रमुख शहरहरु बाट सहभागिता हुँदै आएको छ।

यो कार्यक्रममा सहभागीहरु नेपालगन्ज देखि बर्दिया ठाकुरद्वारा सम्म १०० किलोमीटर साइकल चलाउदै बाके र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरु भ्रमण गर्नेछन् । निरौलाले भने साइकल मार्फत पर्यटन पर्बधन गर्दै आइरहेको यो इभेन्टले साइकल मार्फत बाँके र बर्दियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको छ। कार्यक्रम संयोजक प्रदीप सापकोटाका अनुसार कार्यक्रमको तयारी सङ्गै क्लब श्रोत ब्यबस्थापनमा जुटिरहेको छ।
क्लबका अध्यक्ष कबिराम बुढाथोकी भन्छन् – फागुन ७/८/९ मा आयोजना हुने यो कार्यक्रमले बाँके र बर्दिया लाई गुल्जार गर्दै यहाँको पर्यटनमा टेवा पुर्याउने छ। यस्तै नेपालगन्ज फेस्टिवल अन्तर्गत आयोजना गरिने नेपालगन्ज किड्स रेस फागुन ७ गते आयोजना गरिने छ जसमा १० बर्ष मुनिका बालबालिकाले साइकल प्रतिस्पर्धामा सहभागी बन्न सक्ने नेपालगन्ज साइक्लिङ क्लबका प्रथम उपाध्यक्ष तथा किड्स रेस संयोजक सुनिलसिंह हमालले जानकारी दिनु भयो।
नेपाल पर्यटन बोर्ड सङ्गै बाँके र बर्दियाका स्थानीय सरकारले समेत यो कार्यक्रमलाई चासो राख्दै प्राथमिकतामा राखेको बताउँछन् पुर्व अध्यक्ष सतिश निरौला ।

