बाँके क्षेत्र नम्बर २ बाट नेकपाकाे उम्मेदवार बने दिपेन्द्र बिष्ट


उम्मेदवारी घोषणा तथा कृतज्ञता ज्ञापन!!!
​आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,

​आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको प्रत्यासीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (चुनाव चिह्न: तारा) ले मलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएको छ।​यो गौरवपूर्ण अवसरका निम्ति म आदरणीय संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, सिंगो पार्टी पंक्ति, लुम्बिनी प्रदेश नेतृत्व, बाँके जिल्लाका आदरणीय कमरेडहरू, प्रिय साथीहरू नेपालगन्ज उपमहानगर, डुडुवा र समस्त शुभेच्छुकहरूप्रति हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्दछु।

मेरो संकल्प: पद होइन, कर्तव्य र सेवा यहाँहरूले मप्रति देखाउनुभएको यो विश्वास केवल राजनीतिक समर्थन मात्र होइन, बाँके क्षेत्र नम्बर २ को उज्ज्वल भविष्यप्रतिको सामूहिक आशा र अपेक्षा हो भन्ने मैले गहिरोसँग बुझेको छु। यस घडीमा म निम्न प्रतिबद्धताहरू दोहोर्याउन चाहन्छु समर्पित सेवा: मेरो सम्पूर्ण ज्ञान, क्षमता र ऊर्जा बाँके क्षेत्र नम्बर २ को समग्र विकासमा खर्चिनेछु।

साझा प्रतिनिधि: राजनीतिक चश्माभन्दा माथि उठेर म सबैको साझा प्रतिनिधिका रूपमा इमानदार भूमिका निर्वाह गर्नेछु।औद्योगिक क्रान्ति: बाँकेलाई नेपालकै नमुना औद्योगिक जिल्लाका रूपमा भौतिक र मानवीय दुवै दृष्टिले समुन्नत र गौरवपूर्ण बनाउने मेरो प्रमुख लक्ष्य रहनेछ मेरा लागि सत्ता होइन सेवा र पद होइन कर्तव्य सधैँ प्राथमिकतामा रहनेछन्। यहाँहरूको यो विश्वासलाई परिणाममुखी काममार्फत गौरवमा बदल्ने प्रण गर्दछु।

​मेरो क्षेत्र, मेरो पहिचान—बाँके २ को विकास मेरो अभियान!
​क्रान्तिकारी अभिवादन !
जय तारा !
​दिपेन्द्र विष्ट
उम्मेदवार, प्रतिनिधिसभा सदस्य (बाँके क्षेत्र नं. २)
नेपाली कम्युनिष्ट पार्टी

प्रकाशित मितिः     ४ माघ २०८२, आईतवार १५:३८  |