
नेपालगञ्ज । नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्राण्ड सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी को २८औं वार्षिकोत्सवको अवसरमा नेपालगञ्जमा ‘सिद्धार्थ किड्स साईकल रेस २०२६ भव्यताका साथ सम्पन्न भएको छ।
नेपालगञ्ज साइक्लिङ क्लब को प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा नेपालगञ्जका विभिन्न विद्यालयका १ सय ९ जना बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बिहिबार बिहान नेपालगञ्जको कारकाँदो चोक बाट सुरु भएको किड्स रेस होटल सिद्धार्थ नेपालगञ्जको मुख्य प्रवेश द्वार मा पुगेर समापन भएको थियो।
किड्स रेस प्रतियोगिताकाे शुभारम्भ गर्दै नेपालगन्ज उप महानगरपालिका वडा नं१८का अध्यक्ष दिपक बर्माले बालबालिकाहरूलाई सानै उमेरमा खेलकुदका गतिविधिमा आकर्षित यस्ता प्रतियोगिताले ठुलाे याेगदान पुराउने बताउनु भयाे । उहाले सानै उमेरदेखि बालबािलकालाई स्वास्थ्य र अनुसाशनमा सकारात्मक प्रभाव पार्ने गतिविधिहरू निरन्तर संचालन गर्नु पर्ने बताउनुभयो।
यस वर्षको विजेताहरूका लागि सिद्धार्थ हस्पिटालिटीले पुरस्कार स्वरूप च्याम्पियनलाई २ महिना, प्रथम रनर-अपलाई १ महिना र द्वितीय रनर-अपलाई १५ दिनसम्म ट्रेनर सहितको निःशुल्क स्विमिङका साथै क्रमशः लन्च प्याकेज र खाजाको व्यवस्था गरेकाे छ। सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका रिजनल एक्जिक्युटिभ डाइरेक्टर केशवराज न्यौपानेले २८ वार्षिक उत्सवका अबसरमा विशेष गरी बालबालिकाहरूलाई खेलकुद मार्फत जोड्न पाउनु धेरै नै खुशी लागेकाे बताउनु भयाे।

यस्ता प्रतियोगिताले बालबालिकाको शारीरिक विकासमा मात्र नभई नेपालगञ्जलाई साहसिक पर्यटन र खेलकुदको केन्द्रका रूपमा राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने बिश्वास गरिएको छ। सिद्धार्थले केवल सेवा मात्र नभई यहाँको स्थानीय पर्यटन र सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो मूल मन्त्र मान्दै आएको छ । यो किड्स साईकल रेस त्यसकै एउटा सफल उदाहरण हो।
कार्यक्रमलाई सफल बनाउन सिद्धार्थ हस्पिटालिटीका तर्फबाट जनरल म्यानेजर बद्री कोइराला र रिजनल सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्ट लगायत होटलको सम्पूर्ण टोलीको सक्रिय व्यवस्थापन रहेको थियो। त्यस्तै, नेपालगञ्ज साइक्लिङ क्लब बाँकेका अध्यक्ष कविराम बुढाथोकी, किड्स रेसका संयोजक सुनिल सिंह हमाल सहित क्लबका प्रतिनिधिहरूको प्राविधिक नेतृत्वले कार्यक्रमलाई व्यवस्थित बनाएको थियो। रेसलाइ सफल र सुरिक्षत बनाउन ट्राफिक प्रहरीले विशेष सहयोग पुर्याएको थियो भने कार्यक्रममा स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी १०९ जना बालबालिकाहरूलाई मेडल तथा प्रमाणपत्र र विजेताहरूलाई आकर्षक पुरस्कार वितरण गरिएको थियो। होटलको गेटमै फिनिसिङ प्वाइन्ट राखिएको यस रेसले बालबालिकामा नयाँ उर्जा भर्नुका साथै सिद्धार्थ होटलको आतिथ्यलाई स्थानीय स्तरमा अझ प्रगाढ बनाएको छ। सिद्धार्थको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित यो चौथो संस्करणको किड्स साईकल रेसले खेलकुद र पर्यटनको सुन्दर संयोजन प्रस्तुत गर्दै नेपालगञ्जको पर्यटकीय गतिविधिमा एउटा नयाँ इट्टा थप्ने सहभागी तथा आयोजकले विश्वास रहेको छन ।

