देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध


काठमाडौं। उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेल देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बैठकले चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो।

‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा योजनाअन्तर्गत मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रकाशित मितिः     १४ फाल्गुन २०८२, बिहीबार १५:३३  |