
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं.२ मा नेकपा एमालेका उम्मेदवार माेहम्मद इस्तियाक राईले नेपालगन्ज – १५ को हनुमान आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा विहान ७ बजे नै पुगेर सबैभन्दा पहिले मतदान गर्नुभएको छ ।
मतदान पछि राईले बाँके निर्वाचन क्षेत्र नं २ का सम्पूर्ण मतदाताहरूलाई पनि सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको उपयोग गर्नुहुन हार्दिक आग्रह गर्नुभएको छ ।

‘प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो भविष्य र देशको नीति निर्धारणमा प्रत्यक्ष जोडिएको हुँदा मतदान गर्नु भनेको हामी सबैको जिम्मेवारी र कर्तब्य पनि हो।’ – राईले भन्नुभएको छ ।

