रजत जयन्तीका सहभागी र सहयोगीलाई युनाइटेडकाे धन्यवाद


रजत जयन्ती समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस ऐतिहासिक अवसरलाई भव्य, सभ्य र स्मरणीय बनाउन विभिन्न क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सुझाव र सहभागिता जनाउनुहुने सबैप्रति हामी कृतज्ञ छौं।

अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, स्थानीय समाजसेवी, सहयोगी संघ–संस्था तथा सम्पूर्ण शुभेच्छुकहरूबाट प्राप्त सहयोग, समन्वय र प्रेरणाले यस कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउन ठूलो भूमिका खेलेको छ। कार्यक्रमको तयारीदेखि सञ्चालनसम्म देखाइएको सक्रियता, जिम्मेवारीबोध र समर्पणले हाम्रो संस्थाको गरिमा अझ उचो बनाएको छ।

यस रजत जयन्ती समारोहले विगत २५ वर्षको उपलब्धि, अनुभव र योगदानलाई स्मरण गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रेरणा दिएको छ। तपाईंहरू सबैको माया, विश्वास र साथले हाम्रो संस्था अझ सशक्त हुँदै अघि बढ्ने विश्वास लिएका छौं।

अन्त्यमा, रजत जयन्ती समारोहलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक हार्दिक धन्यवाद तथामहानुभावहरूलाई पुनः एकपटक हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव पाइरहने आशा व्यक्त गर्दछौं।

धन्यवाद।

(हालै रजतजयन्ती मनाएको नेपालगन्जस्थित युनाइटेड एजुकेशनल एकेडेमीले सहभागी र सहयाेगीलाई दिएको धन्यवाद )

प्रकाशित मितिः     २ चैत्र २०८२, सोमबार १०:००  |