बाँके । नेपालगन्ज -१२ स्थित कोरियपुरमा सृजना बुढा मगरकाे जलाएर हत्या गरेकाे घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरि दाेषी माथि कडा कारवाही गर्न बाँके-२ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले माग गर्नुभएको छ ।

घटनाप्रति गहिरो दुख व्यक्त गर्दै राईले भन्नुभयाे,-” यो दुखद घटनाको घोर भत्सर्ना गर्दै द्रुत र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कडा भन्दा कानुनी कारबाहीका लागि प्रहरी-प्रशासन समक्ष आग्रह गर्दछु ।’

राईकाे तर्फबाट सचिवालय सदस्य राजेन्द्र बिश्वकर्माले बिज्ञप्ति जारी गर्दै दाेषी जोसुकै भएपनि यथाशिघ्र कानुनी कारबाही अघि बढाउँदै सुरक्षा व्यवस्था सुदृढ बनाउने तर्फ जिल्लास्थित प्रहरी प्रशासनको ध्यानाकर्षण पनि उहाँले गराउनुभएको छ ।
साथै, उहाँले यस्ता दुखद र अपराधिक घट्नाहरू भविष्यमा हुन नदिनका लागि आफ्नो छरछिमेक/वरपर कसैले शंकास्पद अपराधिक योजना बनाइरहेको वा कुनै किसिमका अस्वभाविक गतिविधिहरू गरिरहेको भन्ने शंका लागेमा अथवा सूचना पाएमा तुरुन्तै सरोकारवाला निकाय/व्यक्तिलाई खबर गरी जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्न पनि सबैसँग अपिल गर्नुभएको छ ।

