गुर्भाकोट नगरपालिकाले ‘हाम्रा मेयर, विकासका गेयर’ कार्यक्रम चलाउने
गुर्भाकोट : गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०७६–०७७ भित्रै सडकको पहुँच नपुगेको साविकको धारापनी गाविसलाई सडक सञ्जालसँग जोड्ने बताएको छ । चालू आर्थिक वर्षमा ४५.५५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको नगरपालिकाले आगामी आर्थिक वर्षभित्र यसलाई एक सय किलोमिटर पु¥याउने लक्ष्य राखेको छ । नगरपालिकाले पुराना सडकहरुको स्तरोन्नति, नगर गौरवका सडकको कालोपत्रे गर्नुका साथै मेहलकुना–बडाखोली सडकलाई चन्द्रमार्ग