गोचालीमा ढिकरी र अचारको स्वाद


नेपालगन्ज : ढिकरी अनि सिद्रा माछा त्यो पनि बयरको अचारको स्वादमा खाने मन छ ? यदि छ भने चारवाहिनीरोडदेखि भेरी अन्चल अस्पताल जाने बाटोमै खुलेको छ, गोचाली खाजा घर । थारु समुदायका महिलाले थारु समुदायका लोकपृय खाजाहरु पाइने गरी उक्त खाजा घर खोलेका छन् । थारु समुदायमा पाईने ढिकरी,सिद्रा माछाको परिवार, बयरको अचार एकपटक खान नचाहाने को नै होला र ?
त्यो स्वादको खोजीका लागि अब अन्त धाउन नपर्ने गोचाली खाजा घरकी सन्चालिका आरती चौधरीले बताईन । बिशुद्ध व्यवसायका लागि मात्र नभई राम्रो परिकारलाई सबै ठाउँमाा चिनाउनका लागि खाजा घर खोलिएको हो । गोचाली खाजाघरमा थारु आलुबाट बनेको अचारको स्वाद लिनेको त भिडै लाग्छ । आरतीका अनुसार थारु आलुको अचार स्वादिष्ठ हुन्छ । थारु समुदायमा प्रयोग हुने खाजाहरु अहिले हरेक समुदायमा लोकपृय बनेको छ ।


प्रकाशित मितिः     २८ कार्तिक २०७५, बुधबार ०२:१०  |
error: Content is protected !!