हरेकले चिटिक्क कोट, पाईण्ट खोज्छन्


बाँके :  सिलाई कटाईका क्षेत्रमा २० वर्षदेखि सक्रिय छन्, शालिकराम परियार । नेपाल कपडा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष समेत रहेका परियारले सिलाई कटाईका क्षेत्रमा नयाँपन दिने काम गरेका छन् । उनले नयाँ पुस्ता सुहाउँदो कपडाको डिजाईन तयार गर्छन । परम्परागत पोशाकमा पनि नयाँपन दिन उनी माहिर छन् । शालिकरामले न्यू स्टाईल सटिङ एण्ड सुटिङ टेलर्स नेपालगन्जको न्यूरोड, कोहलपुर र दाङ्गको तुलसीपुरमा सन्चालन गरिरहेका छन् । उनको टेलरमा कोट, पाईण्ट, दौरा सुरुवाल, सफारी सुटहरु सिलाईन्छ ।
दशैं, तिहार, छठ र बिबाहको लगन हुने मंसिर जस्ता महिनामा कोट पैन्टको माग अधिक हुन्छ । यतिबेला त्यसको सिजन हो । उनी यतिबेला निकै व्यस्त छन् । ‘फुर्सद निकाल्दै मुस्किल हुन्छ । कामको चाप धेरै छ ।’— शालिकरामले भने,—‘यो सिजन नै हो ।’ उनका अनुसार नयाँ पुस्ताले चिटिक्क परेको सर्ट, पाईण्ट खोज्छन् । पहिला जस्तो सिलाए पनि लगाउने दिन गए । ‘अहिले लुज, अनफिट लगाउने कोही हुँदैन । फिट चाहियो र चिटिक्क परेको चाहियो ।’—उनले भने,—‘हामीले यस्ता कुरामा बिशेष ध्यान दिन्छौं ।’ कपडाको सिलाई समयनुकुल बनाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने उनले बताए । अहिले उनीसंग २० जना कर्मचारी काम गरिरहेका छन् । सबै दक्ष रहेको शालिकरामले
बताए । प्रशिक्षण दिएर रोजगारी दिने गरेको उनले बताएका छन् ।
नेपालगन्ज व्यवसायिक दृष्टिकोणले निकै ठुलो शहर हो । यहाँ सिलाई कटाईको क्षेत्र पनि ब्यापक छ । त्यही सम्भावना देखेर तीन वर्षअघि शालिकरामले नेपालगन्जमा पसल खोलेका हुन । उनले पेस्टिङ्ग मेशिन समेत प्रयोग गर्छन । यसले कोटलाई चिटिक्क पार्ने काम गर्छ । यसको प्रयोग नेपालगन्जमा कमै हुन्छ । नेपाल कपडा सिलार्य व्यवसायी संघका अध्यक्ष रहेका शालिकरामले आगामी दिनमा व्यवसायी हकहितका सवालमा काम गर्ने बताएका छन् । उनले गुणस्तरिय र छिटोछरितो काम गरी सेवाग्राहीलाई सन्तुष्ट पार्ने आफुहरुको अभियान रहने पनि बताएका छन् ।

क्याप्सन ः शालिकराम परियार, अध्यक्ष ः नेपाल कपडा सिलाई व्यवसायी संघ बाँके ।

प्रकाशित मितिः     २८ कार्तिक २०७५, बुधबार ०८:२१  |