नेपालगन्ज ः नेपालगञ्जको पुष्पलाल चोकमा बुधबार बम भेटिएको छ । पुष्पलालको शालिकमुनी राखिएको प्लाष्टिकको झोलाभित्र वम भएको आशंकामा नेपाली सेनाको टोली पुगेर निष्कृय पारेको छ । नेपाली सेनाको टोलीले पुष्पलालचोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पु¥याएर दुई पटक पड्काएको छ । वाटरपार्कमा पहिलो पटक निष्कृय पार्नेक्रममा नपड्किए पनि दोश्रो पटक पडकाउन सफल भएको सुरक्षाकर्मीले जनाएका छन् ।
प्लाष्टिकको झोलाभित्र जिआई पाईपभित्र वम राखिएको थियो । नेपाली सेनाको टोलीले दोश्रो पटक वम निष्कृय पार्न सफल भएको थियो । कमाण्डो ग्रुप नामक समूहले वम राखेको जिम्मा लिएको प्रहरीले जनाएको छ । कमाण्डो ग्रुपले राखेको बम नजिकै फेला परेको पर्चामा बम शक्तिशाली रहेको हुनाले ३ सय मिटर टाढा रहन आग्रह गरेको थियो । नेपालगञ्जको अति व्यस्त चोकमा शंकाष्पद वस्तु भेटिएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । वम राखिएको स्थान हेर्नका
लागि सयौंको संख्यामा सर्वसाधारणको भिड लागेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । शंकास्पद सामान राख्ने व्यक्तिले १० बजेर २३ मिनेट जाँदा होटल एभरेष्टका मालिकलाई जानकारी गराएको भएपनि सीसीटीभी फुटेजमा भने ९ बजेर १५ मिनेट जाँदा राखिएको देखिएको छ । शंकास्पद बस्तु बारे बुझन प्रहरीले तालिम प्राप्त कुकुरलाई पनि घटनास्थल लगेको थियो ।