चर्चामा छ, जुन भिडियो


बाँके : संघीय संरचना निर्माण गर्दा बा“के र बर्दियालाई पा“च नम्बर प्रदेशमा मिलाईएपछि यहा“ असन्तुष्टि देखिएको छ । सबैथोक मिल्ने कर्णालीसंग अलग गरे प्रदेश निर्माण गरेपछि कर्णाली र बा“के र बर्दियमा धेरै जनाको मन अमिलो भयो । तर पनि तत्कालिन बिभिन्न खाले आन्दोलनको मारमा परेपछि बा“के, बर्दिया सुर्खेतसंग अलग हुनैप¥यो ।
यतिबेला यिनै सन्र्दभसंग जोडिएको एउटा भिडियो सामाजिक सन्जालमा निकै भाईरल भएको छ । खासगरी बा“के र बर्दिया कर्णाली प्रदेशसंगै हुनुपर्छ भन्ने रुचाउनेहरुले यो भिडियो निकै शेयर, कमेन्ट र लाईक गरेका छन् । कर्णाली प्रदेशमा त झन् लोकपृय नै बनेको छ । भिडियो तिहार अघि नेपालगन्ज आएका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल सहभागि कार्यक्रमको हो । उक्त कार्यक्रममा अधिवक्ता बिश्वजित तिवारी र नेपालगन्जका व्यवसायी आदेश अग्रवालको भनाई सम्बन्धी भिडियो हो । उक्त भिडियो पत्रकार टेकेन्द्र बस्यालले खिचेका हुन । उक्त कार्यक्रममा अधिवक्ता बिश्वजित तिवारीले मुख्यमन्त्री सामु अहिलेको प्रदेश बनावट र राजधानी बुटवल बनाउने बिषय असन्तुष्टि पोखेको देखिन्छ ।
एकातिर अहिलेको प्रदेश संरचना र त्यसमाथि झन् बुटवलमा राजधानी बनाउने बिषयले यहा“का जनता असन्तुष्ट रहेको भन्दै तिवारीले भिडियोमा यहा“का मतदाता कर्णाली प्रदेशमा जाने पक्षमा रहेको बताए । उनले मतदाताहरुले बा“के र बर्दिया कर्णाली प्रदेशमा जाने मुडमा जान पनि तयार भएको उल्लेख गरेका छन् । उनले सबैथोक नेपालगन्जको कर्णाली प्रदेशसंगै जोडिएको पनि बताए ।
त्यस्तै व्यवसायी आदेश अग्रवालले नेपालगन्ज लाई राजधानी नबनाईएको अवस्थामा दागंसम्म ठिकै हुने भएपनि राजधानी बुटवल पु¥याउदा नेपालगन्जलाई निकै मर्का परेको बताए । दांग राजधानी बनाउ“दा नेपालगन्जलाई सहज हुने अपेक्षा सहित नेपालगन्जमा मौन सर्मथन जनाएको बताउ“दै अग्रवालले बुटवल बनाउ“दा भने चुप नरहने जनाए । उक्त भिडियोले अहिले फेरी संघीय संरचनामा नेपालगन्ज कता जाने भन्ने बहस सुरु भएको छ । नेपालगन्जमा कैलाली र कन्चनपुरसंग नेपालगन्ज जोडिनुपर्ने, अखण्ड मध्यपश्चिम हुनुपर्ने बिषयमा जनमत बिभाजित छ ।

प्रकाशित मितिः     ३० कार्तिक २०७५, शुक्रबार ०७:४०  |