बम बिस्फोट गर्ने पक्राउ


बाँके : बिहीबार दिनभर नेपालगन्जलाई आतंकित बनाउने गरी पुष्पलाल चोकमा बम राख्ने व्यक्ति पक्राउ परेका छन् । बा“के प्रहरीले २४ घण्टा नबित्दै ओलीलाई जाजगरकोटका प्रदिप ओली पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बा“केले बिहीबार राती नै कमाण्डो गु्रपका नाममा आतंक मच्चाउने ओलीले पक्राउ गरी शुक्रबार नै सार्बजनिक गरेको छ । ‘जिल्लाका चारै नाकाबाट कर्डन एण्ड सर्च अपरेशन गरेको प्रहरीले आशंकित धेरै व्यक्तिहरु बीचबाट बम राख्नेलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । ओली जाजरकोट जिल्लाका वर्ष २७ का रहेको पौडेलले जानकारी गराए । आम नागरिकम डर, त्रास, आतंक फैलाउने उद्देश्यले बम राखिएको खुलेको हो । सो ब्यक्ति कुनै पनि राजनितिक दलमा आबद्ध नभएको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्ति सामान्य परिवारको भएको हुदा भारतमा मजदुर गर्दै गरेको र बिचमा काम गर्ने ठाउमा बम बनाउन सिकेको हुन सक्ने प्रहरीले जनाएको छ ।
हामी नेपाली हाम्रो नेपालको अध्यक्ष बताउने पक्राउ परेका वलीको साथबाट ४१ हजार ५ सय दस नेपाली रुपैयाँ र तीन सय भारतीय रुपैया र धेरै सिमकार्डहरु उपलब्ध भएको प्रहरी प्रमुख पौडेलले जानकारी गराउनुभयो । निज अपराधीबाट अरु सुचना उपलब्ध हुनसक्ने भन्दै अनुसन्धान जारी गरिएको छ । बम राख्ने अपराधीलाई मुलुकी ऐन अन्र्तगत १० वर्ष कैद र १ लाख जरिवाना हुने बताइएको छ । बिहीबार विहान ९ बजे तिर राखिएको बम नेपाली सेनाले ४ बजेतिर डिष्पोज गरेको थियो । मुख्य चोकमा बमको आतंक मच्चिदा झण्डै ४ घण्टा सम्म पुष्पलाल चोक आतंकित बनेको थियो ।

प्रकाशित मितिः     ३० कार्तिक २०७५, शुक्रबार १२:०८  |